Logo
Logo

नेपाल पत्रकार महासंघको निर्वाचन : विपुल प्यानल झण्डै दोब्बर मतले अगाडि


दृष्टि संवाददाता

5.5k
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्षका उम्मेदवार विपुल पोखरेल आफ्नो प्रतिद्वन्द्वी निर्मला शर्माभन्दा झण्डै दोब्बर अगाडि छन् । ३८ जिल्लामा मतगणना भइसक्दा पोखरेलले २५८० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी शर्माले १४२४ मत पाएकी छन् । यस्तै, अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा विपुल प्यानलकै रमेश बिष्ट पनि भारी मतले अगाडि छन् । विष्टको २४१३ मत पाउँदा शर्मा प्यानलका माधव नेपालले १३६७ मत प्राप्त गरेका छन् ।
काठमाडौंका सञ्चार गृहको मतगणनामा पोखरेलको पक्षमा ७० प्रतिशतभन्दा बढी मत परेको छ भने शर्माले ३० प्रतिशत मत प्राप्त गरेकी छन् ।
उपाध्यक्ष महिलातर्फ बाला अधिकारीले २५५४ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी दाना केसी सुबेदीले १३५४ पाएकी छन् ।
यस्तै, अन्य पदाधिकारीमा पनि विपुल प्यानल अगाडि रहेका छन् । उपत्यका प्रतिष्ठानको मत गणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्