Logo
Logo

प्रचण्ड बुढानीलकण्ठमा, जसपा नेता बाटोमै रोकिए


दृष्टि संवाददाता

7.4k
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी नकेपा माओवादी केन्द्रका अध्यक्ष बुढानीलकण्ठ पुगेका छन् । सभापति देउवाले शुक्रबार ३ बजे छलफलका लागि बोलाएका थिए ।

सत्ता समीकरणबारे छलफल गर्न देउवाले माओवादी केन्द्र र जसपाका नेताहरुलाई आफ्नो निजवासमा बोलाएका हुन् । तर, जसपाका नेताहरु भने बाटोमै रोकिएका छन् । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेको बताइएको छ ।

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ नजिक बाटोमै छलफलमा बसेको जसपा निकट स्रोतको भनाइ छ ।

कांग्रेस सभापति देउवाले नयाँ सत्ता समीकरणका लागि तीन दललाई छलफलका लागि बोलाएका हुन् । जसपाका नेताहरु बोटोमै रोकिएपछि िबैठक बस्न ढिलाइ भएको छ ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगेको बताइएको छ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्