Logo
Logo

विदेश भ्रमणमा जान गोलाप्रथा


- दृष्टि न्युज/संवाददाता


बाँके, १८ फागुन । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।
विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।
‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ’, वडाध्यक्ष राठौरले भने, ‘उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र कांग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उहाँले बताउनुभयो । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन् ।
विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन÷तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले कांग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्