Logo
Logo

पल र आँचलको ‘जाउँ हिड’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ फागुन । चर्चित जोडी अभिनेता पल शाह र आँचल शर्मा अभिनीति नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘जाउँ हिँड’ बोलको गीतमा यी जोडीको दम्दार अभिनय छ ।
उक्त भिडियो रिलिज हुनसाथ धेरैको नजरमा पर्न सफल भएको छ । रबिन बिष्टको शब्द, डम्बर खापुङको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको यस गीतमा नवगायक बिकु क्षेत्रीको स्वर रहेको छ ।
गायक बिकु क्षेत्रीले यसै गीतमार्फत औपचारिक रुपमा नेपाली गीतसंगीत क्षेत्रमा पाइला अगाडी बढाएका हुन् । सांगीतिक क्षेत्रमा पहिलो कदम राख्दै गायक क्षेत्रीले भने, ‘यस गीतबाट आशावादी छु ।’
गम्भीर बिष्टको निर्देशन रहेको यस भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन र पदम चुवानको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्