Logo
Logo

भारत नियन्त्रित काश्मिरमा ६ को मृत्यु ३० घाइते


- दृष्टि न्युज/संवाददाता


श्रीनगर, १८ फागुन (सिन्ह्वा) । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् ।
यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । घाइतेलाई उपचारका लागि तत्कालै जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा लगिएको उनीहरुको भनाइ छ ।
प्रहरीका अनुसार बसले स्थानीय यात्रु बोकेको थियो । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि बताएका छन् ।

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुने गरेको छ भने दुर्घटनाका कारण बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । विषेश गरेर सवारी साधन र सडकको अवस्था ठिक नरहनु, चालकको लापर्वाहीलगायतका कारणले भारतमा धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्