Logo
Logo

कर्णाली प्रदेश : मन्त्रीहरुको राजीनामा स्वीकृत


दृष्टि संवाददाता

567
Shares

सर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूले दिएको राजीनामा शनिबार स्वीकृत गरेका छन् । गत मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री शाहीले खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन् ।

मन्त्री भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री केसीलाई दिइएको छ ।
भौतिक पूर्वाधार मन्त्री रहेका खडक खत्रीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा लागेपछि मुख्यमन्त्री शाहीले २०७६ साउन ३० गते बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैंसँग राखेका थिए ।

तीन मन्त्रीले राजीनामा दिएसँगै कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलको बैठकले यही ५ चैतबाट लागू हुनेगरी माओवादी नेतृत्वका कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

सर्वोच्च अदालतको फैसलाले एकता गरेका एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्