Logo
Logo

कसैलाई समर्थन गर्ने निर्णय गरेका छैनौँ : महतो


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले सत्ता समीकरण आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । उनले अहिले आफूहरुको मूल मुद्धा पार्टी केन्द्रित भएको बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै उनले सत्ता समीकरण पार्टीको प्राथमिकताको विषय नभएको बताएका हुन् । उनले दुई दिनअघि आफूहरूले बन्दी कार्यकर्ताको रिहाइका लागि सरकारलाई २०८ जनाको फाइल पठाएको बताए । उनले आफूहरुको मुद्धामा सरकार सकारात्मक ढंगले अगाडि बढेको समेत बताए ।

उनले भने, ‘विगत पाँच वर्षदेखि प्रचण्ड–ओली नै सत्तामा बसेका हुन् । कसैले पनि हाम्रो माग पूरा गरिदिएन । अहिले आएर सरकारको धारणा परिवर्तन भएर होला कि उसको मजबुरीले होला । उदारपूर्वक काम गरिरहेको छ ।’

उनले समीकरणको लागि कुर्सीको प्राथमिकता नभएको बताउँदै भने, ‘हाम्रो पार्टीले केपी ओलीलाई होस् वा वैकल्पिक सरकारलाई होस् । आफ्नै नेतृत्वमा अर्को सरकार निर्माण गर्ने कि सहयोग समर्थन गर्ने कुनै निर्णय गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्