काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सामानान्तर संगठन निर्माणलाई तिव्रता दिएको छ । पछिल्लो समय देशभरि संगठन निर्माणमा जुटेको नेपाल पक्षले शनिबार पर्सामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।

बरिष्ठ नेता नेपालको उपस्थितिमा आयोजित कार्यकर्ता भेलामा बालगोपाल थापाको अध्यक्षतामा जिल्ला कमिटीको घोषणा गरेको हो । पर्साको वीरगञ्जमा अयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा चार सयभन्दा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै नेता नेपालले संगठन बलियो बनाउन जिल्लाभरि कमिटि गठनलाई तिव्रता दिएको बताए ।
जिल्ला कमिटीको घोषणा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बरिष्ठ नेता नेपालका अलावा घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, दिनेश राई, पुरुषोत्तम पौडेललगायतका नेताहरुको उपस्थिति थिए ।













