Logo
Logo

ओलीले पुलिस, सेना र कर्मचारीमा कब्जा जमाइसकेः देउवा


दृष्टि संवाददाता


काठमाडौँ, २८ चैत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सुरक्षा निकाय र कर्मचारीलाई आफ्नो हात लिन खोजेको बताएका छन् । शुक्रबार कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई तीन दलिय गठबन्धनको सरकार बनाउने प्रस्ताव राख्दै देउवाले यस्तो बताएका हु्न् ।


ओलले देश नै कब्जा गर्ने सम्भावना रहेकाले नयाँ सरकार बनाउनुपर्ने बताउकाहुन् । ‘चुनाव गर्नका लागि जोसुकै नेतृत्वको सरकार भए पनि फरक पर्ने थिएन, तर ओली सर्वसत्तावादी भएर राज्यसत्ता कब्जा गर्न खोज्दैछन् । पुलिस, सेना र कर्मचारीलाई आफ्नो कमाण्डमा चलाउन खोज्दैछन्,’ बैठकमा देउवाले भने, ‘यस्तो सर्वसत्तावादी व्यक्तिको हातबाट निष्पक्ष चुनाव हुन सक्दैन । त्यसैले नेपाली कांग्रेसको यो प्रस्तावमाथि तपाईंहरूको सहयोगको अपेक्षा गर्दै धारणा बुझ्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले खासगरी नेपाल प्रहरीमा तिव्र हस्तक्षेप गरेका छन् । बढुवाको सिष्टम नै बिगारेर आफु निकट विश्वराज पोखरेललाई यसपछि आइजिपी बनाउन दरबन्दी नै थपेर एआइजीमा बढुवा गरेका थिए । सिडिओ सरुवामा पनि यस्तै हस्तक्षेप भएको छ । सोही कारण देउवाले ओलीलाई हटाउनु पर्ने बताएका हुन् ।

तीन दलको बैठकमा देउवाले नेपाली कांग्रेसको निर्णय अनुसार आफ्नै नेतृत्वमा सरकार बनाउने भएकाले दुवै दलको धारणा माग गरेका थिए ।

गत २० चैतमा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेसले लामो अनौपचारिक छलफलपछि शुक्रबार गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका नेताबीच भएको छलफल कुनै निष्कर्षमा भने पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्