Logo
Logo

छिमी भइन् ‘सर्वोकृष्ट म्हेन्दोमाया गायिका’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ फागुन । गायिका छिमी मम्बा तामाङले ‘उत्कृष्ट म्हेन्दोमाया गायिका’को अवार्ड पाएकी छन् । शनिबार राजधानीमा सम्पन्न ‘हिमालयन इन्टरनेसनल नेपाली म्युजिक अवार्ड’मा आफ्ना प्रतिस्पर्धीहरुलाई छिन्दै छिमी महिलातर्फ ‘सर्वोत्कृष्ट मेहेन्दो माया गायिका’ घोषित भएकी हुन् । फिल्म निर्मात्रीसमेत रहेकी छिमीले ‘साँचो तबे बक्सरी’ बोलको गीतबाट अवार्ड हात पारेकी हुन् ।


अवार्ड हातपारेपछि खुसी हुँदै उनले भनिन्, ‘आज म निकै खुसी छु । यस अवार्डका लागि आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु ।’ छिमी म्हेन्दो माया गीतका लागि चर्चित छिन् । तर पछिल्लो समय उनी फिल्म निर्माणमा पनि सक्रिय छिन् । छिमीले तामाङ भाषाको फिल्म ‘सिङला माने’ र ‘प्रङ्ना’ निर्माण गरेकी छन् । हाल उनी ‘प्रङ्ना’कै प्रमोशनमा छिन् । यसैबेला छिमीले सर्वोकृष्ट म्हेन्दोमाया गायिकाको अवार्ड पाएकी हुन् ।
‘यो अवार्डले मलाई फिल्म प्रमोशनमा समेत सपोर्ट मिलेको छ’ छिमीले भनिन्, ‘फिल्म प्रङ्ना’को विभिन्न स्थानमा च्यारिटी शो गर्दै आएकी छु ।’ ‘प्रङ्ना’को हालैमात्र काठमाडौं र धादिङमा च्यारिटी तथा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा आफ्नो फिल्म दर्शकले रुचाएपछि हौसिएकी छिमीले भनिन्, ‘अब यो फिल्म विदेशमा प्रिमियर गर्दैछु ।’ उनको अनुसार अमेरिका, क्यानडा, कतारलगायतका मुलुकमा ‘प्रङ्ना’को च्यारिटी शोका लागि निश्चित भइसकेको छ ।

छिमीलाई अवार्ड दिलाउने गीत यस्तो छ :

प्रतिक्रिया दिनुहोस्