Logo
Logo

सुदुरपश्चिममा माधव समूहद्वारा ओली समूहका नेतालाई कारवाही


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाही गरेको छ । २३ र २४ चैतमा बसेको प्रदेश कमिटीको विस्तारित बैठकबाट पार्टी अध्यक्ष ओली समूहका सुदुरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावललाई कारवाही गरिएको हो ।

निर्णयानुसार थापालाई विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको हो । उनलाई नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को क को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबैै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ ।

यसैगरी कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका रावलले पार्टीको विधान विपरित आफूलाई सुदूरपश्चिम प्रदेश कमिटीको सचिव दावी गरेको पाइएकाले जिल्ला कमिटीबाट कारबाही गर्ने निर्णय गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैठकले केन्द्रीय प्रतिनिधि, जिल्ला इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूका रिक्त स्थान पूर्ति गर्ने निर्णय गरेको छ भने जिल्लाहरुमा अध्यक्ष पनि चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्