माओवादीले सरकारको नेतृत्वको दावी गर्दैन : प्रचण्ड « Drishti News – Nepalese News Portal
Logo

माओवादीले सरकारको नेतृत्वको दावी गर्दैन : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले नयाँ सरकारको नेतृत्वका लागि दावी नगर्ने बताएका छन् ।

आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले सरकारको नेतृत्व दावी नगर्ने बताउँदै नयाँ सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय आपसी सहमतिबाट टुंग्याउने बताए ।

‘नेतृत्व कसको भन्नेकुरा सहमतिमा टुंगिन्छ। कोही कसैकोमा जाने भन्ने कुरा केपी ओलीको भाषा हो। किनभने उहाँ संविधान विरोधी, लोकतन्त्र विरोधी हो। त्यसकाविरुद्ध नेपाली कांग्रेस, नेकपा हामी सकै माधवसहित, जनता समाजवादी पार्टी पनि’, उनले भने ।

‘जसले संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। उनीहरु मिलेर सरकार बनाउन सही हुन्छ भन्ने कुरा पक्कै पनि हो। नेतृत्व कसको भन्ने कुरा सल्लाह हुँदै छ। सहमतिले जसको नेतृत्व हुन्छ त्यही मान्छौँ।’ उनले भने ।

जसपाले छलफलका लागि केही समय मागेकाले नयाँ सरकार गठनमा ढिलाई भएको समेत प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्