Logo
Logo

सरकारको सम्पूर्ण ध्यान मुलुकको विकासमा : मन्त्री नेम्बाङ


दृष्टि संवाददाता


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले वर्तमान सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकास र समृद्धिमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाली निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभामा मन्त्री नेम्बाङले मुलुकको बिकासको यात्रामा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

उनले राज्यले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिएकाले नै पछिल्ला वर्षहरूमा यस क्षेत्रमा ठूलो विकास भइरहेको उल्लेख गरे । मन्त्री नेम्वाङले मुलुकको बिकासका साझेदार निर्माण व्यवसायीहरुको समस्या समधान गर्न नीतिगत कानूनमा सुधार गर्न सरकार तयार रहेको धारणा राखे ।

कार्यक्रममा निर्माण व्यवसायीहरुले निर्माण व्यवसायीहरूसँग गरेका सम्झौता सरकारले पालना गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्