Logo
Logo

चीनमा अनलाइनमा निर्भर हुँदै म्युजिक प्रयोगकर्ता


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, १९ फागुन (सिन्ह्वा) । अनलाइनको बढ्दो लोकप्रियतासँगै चीनमा अनलाइनबाटै संगीत सुन्ने संख्याको पनि बढेको छ । सन् २०१८ को अन्त्यसम्ममा अनलाइनबाट संगीत सुन्नेको संख्या ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी सार्वजनिक एक तथ्यांकमा उल्लेख गरिएको छ ।
शनिबार सार्वजनिक गरिएको तथ्यांकमा चीनमा अनलाइनमार्फत दर्ता भएको जनसंख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइनमा निर्भर हुन थालेका बताइएको छ । तथ्यांक अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ । यो अघिल्लो बर्षको तुलनामा आठ प्रतिशत वृद्धि हो ।
चीनको अनललाइन म्यूजिक बजारका कारण संगीतलाई वैधानिक तरिकाले सुन्न सकिएको र यसबाट संगीतकार, सर्जक तथा गायकको कपिराइट्स अधिकारलाई कार्यान्वयनमा लान सहज बनेको अनलाइन म्युजिक विकासका लागि काम गर्दै संस्थाले जनाएको छ । अनलाइनबाट म्युजिक सुन्दा घरेलु नेटइज क्लाउड म्युजिक र टेन्सेन्ट म्युजिकजस्ता कम्पनीले पनि प्लेटफर्म पाएका बताइएको छ ।

अन्तर्राष्ट्रिय फोनोग्राफिक इन्डस्ट्री फेडेरेसनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘९६ प्रतिशत चिनियाँ संगीत प्रयोगकर्ताले वैधानिकरूपमा संगीत सुन्ने गरेको छ जवकी विश्वमा औषत ६२ प्रतिशत संगीत पारखीले मात्र कानूनसम्मत हिसाबले संगीत सुन्ने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्