Logo
Logo

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु


दृष्टि संवाददाता


बुटवल । पछिल्लो समय पुनः कोरोना संक्रमित बढे क्रमसँगै मृत्यु हुनेको संख्या पनि थपिन थालेका छन् । सोमबार कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७ गते भर्ना भएकी थिइन् ।
सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगंगा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्