Logo
Logo

‘जात्रै जात्रा’को माया पिरिममा करिश्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ फागुन । नेपाली फिल्म ‘जात्रै जात्रा’मा अभिनेत्री करिश्मा मानन्धरको पनि इन्ट्रि भएको । अब यस फिल्मको एक गीतमा करिश्मा, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइली केमियो भूमिकामा देखिने भएका छन् । ‘माया पिरिम’ बोलको गीतमा फिल्मका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य रहेको छ ।
फिल्मका अर्का कलाकार दयाहाङ राई, रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी गरिरहेको फिल्म ‘जात्रै जात्रा’को यो गीतमा मनिषा पोखरेल र निशान भट्टराईको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ । छायाँकन शिवराम श्रेष्ठको छायांकन छ । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् ।
यो फिल्म ‘जात्रा’को सिक्वेल हो । फिल्म ‘जात्रै जात्रा’को यो लोकगीत हालै छायांकन गरिएको हो । बैवाहिक माहोलको गीतमा करिश्मा, निश्चल र साराको नृत्य मात्र रहेको छ । यो फिल्मसँग जोडिन पाउँदा करिश्मा मानन्धरले खुशी व्यक्त गरिन् । उनले भनिन, ‘यो फिल्म कहिले प्रर्दशन हुन्छ भन्ने पर्खाइमा थिएँ । फिल्मको गीतमा आफुलाई पनि देख्न पाउने भएपछि झ्न उत्साहित भएको छु ।’

प्रतिक्रिया दिनुहोस्