Logo
Logo

‘मुलुक नै सेटिङका आधारमा चलिरहेको छ’


दृष्टि संवाददाता


काठमाडौं । संघीय प्रतिनिधिसभा बैठकमा राज्यको हरेक निकाय सेटिङका भइरहेको भन्ने गम्भीर सवाल उठेको छ । राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’को आधारमा फैसला गरेको आवाज उठाइएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘चाहे राष्ट्रपतिले होस्, चाहे प्रधानमन्त्रीले होस् । जसले गल्ती गर्छ, स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ । तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ ।’ उनले पछिल्लो समय मुलुक नै सेटिङमा चलिरहेको बताउँदै भनिन्, ‘निर्वाचन आयोग होस् वा चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला नै किन नहोस् । सबैतिर सेटिङ भइरहेको छ ।’ उनले संसदीय समितिले गर्ने निर्णयहरु समेत सेटिङका आधारमा हुने गरेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्