Logo
Logo

गगन थापाको प्रश्न- नेपाली कामदारले कोरिया जान किन पाएनन् ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार किन रोकिएको भन्दै प्रश्न गरे ।

‘विदेशबाट फर्केर आएकाहरूले जान पाएका छैनन् । यो चमत्कारी सरकारले उनीहरूको बारेमा न केही सोच्दै छ न केही भन्छ’, थापाले भने, ‘दक्षिण कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार २ हजार महिनौंदेखि काठमाडौंमा बसेका छन्। उनीहरूको बारेमा सरकारले वेवास्ता गरेको छ।’

भाषा परीक्षा उत्तिर्ण गरेकाहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए । थापाले भने, ‘घर विदामा आएका यी कामदारले रोजगारी पाउने कुरामा मन्त्रालयले ठोस कदम चालेर संसद्लाई जानकारी गराउन माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्