Logo
Logo

पदकमा चुच्चे नक्सा किन राखिएन ? प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्छ : पुष्पा भुसाल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले हालै बाँडिएको पदकमा चुच्चे नक्सा नराखिएबारे प्रधानमन्त्रीको जवाफ माग गरेकी छन् ।

उनले सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रवादी सरकारले चुच्चे नक्सा किन राखेन त्यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा आएर दिनुपर्ने बताइन् ।

राष्ट्रपतिबाट बाँडिएको विभूषणमा चुच्चे नक्सा हटाइएको छ। यसको जवाफदेही कसले लिने हो ?,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले यो जिम्मेवारी लिने कि नलिने ? यो गम्भीर भूलको जवाफ दिन प्रधानमन्त्रीलाई संसद्‍मा आउन आग्रह गर्दछु।’

सरकारले नक्सा संशोधनबाहेक भूमि फिर्ता ल्याउन पहल नगरेको उनले आरोप लगाइन् । ‘विभूषणको रुपमा पदक वितरण गर्दै जाँदा यो संसद्‍बाट पास भएको नक्सा कहाँ गयो ?,’ उनले भनिन्, ‘यही संसद्‍बाट पारित भएर कार्यान्वयन गर्न निर्देशन गरेको थियो ? तर, सरकारले यसको पालना गरेन । सरकारले नक्सा संशोधनबाहेक भूमि फिर्ता ल्याउन पहल गरेन।’

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्