Logo
Logo

ठमेलको जुवा अखडामा प्रहरीको छापा, ६ लाखसहित ११ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, ३० चैत ।
ठमेलमा रहेको एक जुवा अड्डामा प्रहरीले छापा हानेको छ । सञ्चयकोष भवन छेउमा रहेको जुवाखालमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग इन्सपेक्टर मुकेश ताम्राकारको कमाण्डमा प्रहरीले छापा हानेको हो ।

जहाँ ६ लाख २६ हजारसहित ११ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को परिच्छेद ५ को, सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्ध कसुरको दफा १२५ बिपरीतको कसुर अपराध अनुसन्धान भइरहेको एसपी रमेश बस्नेतले बताए । धादिङका बासु सिंखडाले आफ्नै होटलमा जुवा खेलाउदै आएको प्रहरीले जनाएको छ। सिंखडा पनि पक्राउ परेका छन् ।

पक्राउ मानिसहरु:-

  • जिल्ला काभ्रे धुलिखेल न.पा.६ घर भएको बर्ष-३६ को अर्जुन लामा ।
  • जिल्ला काभ्रे पाँचखाल न.पा.१ घर भएको बर्ष-३० को राज कुमार लामा ।
  • जिल्ला रामेछाप शैलुङ गा.पा.५ घर भएको बर्ष-३० को कबिन घिसिङ ।
  • जिल्ला काभ्रे बनेपा न.पा.५ घर भएको बर्ष-३५ को रण बहादुर तामाङ ।
  • जिल्ला रामेछाप दोरम्बा गा.पा.५ घर भएको बर्ष-३२ को कर्म लामा ।
  • जिल्ला ओखलढुंगा खिचिकाती गा.पा.९ घर भएको बर्ष-३९ को हेम बहादुर खत्री ।
  • जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.८ घर भएको बर्ष-३८ को श्याम तामाङ ।
  • जिल्ला काभ्रे पाँचखाल न.पा.११ घर भएको बर्ष-३७ को सुर्य लामा ।
  • जिल्ला काभ्रे बनेपा न.पा.१४ घर भएको बर्ष-३५ को भुवन सिंह तामाङ ।
  • जिल्ला काभ्रे माझीफेदा-८ घर भएको बर्ष-३० को समिर तामाङ ।
  • जिल्ला धादिङ ज्वालामुखी गा.पा. घर भएको बर्ष-४८ को होटल सँचालक बासु सिंखडा ।

प्रतिक्रिया दिनुहोस्