Logo
Logo

रुपन्देहीमा माधव–झलनाथ समूहकाे समानान्तर कमिटी


दृष्टि संवाददाता


रुपन्देही । नेकपा एमालेको माधव–झलनाथ समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ । समूहले मंगलबार राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो ।

कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, बैठकबाट क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्