Logo
Logo

बाबुराम र उपेन्द्रले भेटे देउवा, ओलीसँग सती नजाने बाचा


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सरकार बनाउने विषयमा कांग्रेस र जसपाबीच छलफल भएको छ । जसपाको पदाधिकारी बैठक चलिरहेको समयमा कांग्रेस सभापति शेरबहादु देउवा निवास बुढानिलकण्ठमा अध्यक्षद्वय उपेन्द्र यादव, बाबुराम भट्टराई र देउवाबीच छलफल भएको हो ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन नसकिने प्रारम्भिक निष्कर्ष निकालिसकेको जसपाका अध्यक्षद्वयले देउवासँग मंगलबार गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

हाल माओवादी, जसपा र कांग्रेसको गठबन्धनमा सरकार बनाउने तयारी भइरहेको भएपनि जसपाका अध्यक्ष महन्थ ठाकुरका कारण कुनै पनि निर्णयमा पुग्न नसकिएको जसपाका नेताले नै बताउँदै आएका छन् ।

जसपाभित्र बहुमतमा रहेका ठाकुरलाई फ्लोर क्रस गरेर अघि बढ्ने यादव र भट्टराईलाई मुस्किल परिरहेकाले सरकार बनाउने विषयमा अलमल कायमै छ ।

मंगलबारको भेटमा कुनै पनि हालतमा ओलीलाई समर्थन गर्न नसकिने अध्यक्षद्वयले देउवालाई बताएका थिए । साथै, सञ्चारमाध्यममा आएका विषयका बारेमा समेत देउवाले प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्