फेरि ल्याए दर्पणले ‘नजिकिनु सजिलो थियो’ (भिडियोसहित) « Drishti News – Nepalese News Portal
Logo

फेरि ल्याए दर्पणले ‘नजिकिनु सजिलो थियो’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


Darpan Rai

काठमाडौं, १९ फागुन । गीतकार दर्पण राईको महत्वकांक्षी गीतमध्ये एक हो, ‘नजिकिनु सजिलो थियो’ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित सिरिज गीतका गीतकार दर्पणको पछिल्लो यसै गीतको भिडियो सार्वजनिक भएको छ । यो भिडियो आजै दर्पणले आफ्नै अफिरियल यु–ट्यु्ब च्यानल ‘एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेका हुन् ।
एक कुसल तथा क्रियटिभ निर्देशकसमेत रहेका गीतकार दर्पणको यस रचनालाई पवन राईले गाएका छन् । यस गीतलाई यसअघि फिमेल भर्सनमा मोडल तथा गायिका सम्झना राईले गाएकी थिइन् । उक्त फिमेल भर्सनलाई पनि दर्शक तथा श्रोताले निकै रुचाएका थिए । यसैबेला पुन ‘नजिकिनु सजिलो थियो’लाई मेल भर्सनमा तयार गरेर भिडियोमा ल्याएका हुन् ।

एउटै गीतलाई विभिन्न भर्सन र सिरिजमा ल्याउन खप्पिस मानिने गीतकार दर्पणले यसपटक आफ्नो गीतको भिडियोलाई आफैँले निर्देशन गरेका छन् । कोरियन कला तथा शैलीप्रति प्रभावित दर्पण आफै पनि मोडल हुन् । तर, उनी मोडलिङभन्दा क्रियटिभ काम गर्न रुचाउँछन् । त्यसैले आफ्नो गीतमा प्रायः अरुलाई फिचरिङ गर्दै आएका छन् ।
महेन्द्र राईको संगीत रहेको यस गीतलाई बुद्ध सायमीले एरेञ्ज गरेका हुन् । प्रस्तुत भिडियोमा गायक पवनसँगै मोडल रोजिना राई फिर्चड छिन् । भिडियोमा रोजिनालाई निकै आर्कषक रुपमा प्रस्तुत गरिएको छ । यो भिडियो रोजिनाको मोडलिङ करिअरमा ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ । हुन पनि गीतकार दर्पणले थोरै गीत लेख्छन्, जसबाट आफू पनि चर्चामा आउँछन् र अरुलाई पनि ल्याउँछन् । गीतिकारिताको प्रारम्भमै ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता सुपरहिट गीत दिएर आफूसँगै उक्त गीतका गायक÷गायिका र मोडललाई चर्चामा ल्याएका थिए । उक्त चर्चित गीतको शीर्षकमा दर्पणले फिल्म निर्माण गर्ने घोषणा समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्