Logo
Logo

सेना दिवशमा टुँडिखेलमा जे देखियो (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० फागुन । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस विशेष कार्यक्रमबीच मनाएको छ । सोमबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शनलगायतको प्रदर्शन गरिएको थियो । महाशिवरात्रिकै दिन नेपाली सेनाले आफ्नो दिवश मनाउँदै आएको छ ।


कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु सहभागी कार्यक्रममा नेपाली सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ ।


कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो । दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्