Logo
Logo

डोलेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो


- दृष्टि न्युज/संवाददाता


महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रासस

भक्तपुर, २० फागुन । महाशिवरात्रीको पर्वको अवसरमा आज सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्