Logo
Logo

माधव–झलनाथ पक्षको काठमाडौं जिल्ला कमिटीको पद बहाली आज


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ पक्षको काठमाडौ जिल्ला कमिटी सदस्यहरुले आज पद बहाली गर्ने भएका छन् । पार्टीका शीर्ष नेताहरुको उपस्थीतिमा उनीहरुलाई बल्खुमा आयोजित एक समारोहका बीचमा सपथ ग्रहण सहित पद बहाली गराइने भएको हो ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरिरहेपछि बरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पनि आफ्नो तर्फबाट छुट्टै कमिटिहरु बनाउन थालेका छन् ।

माधव–झलनाथ पक्षले अन्य जिल्लाहरुमा पनि समानान्तर कमिटी गठन गर्दै सक्रिय बनाएको छ । यो समूहले सबै जिल्लामा समानान्तर कमिटि बनाउने योजना रहेको नेताहरुले जानकारी दिएका छन् ।

समानान्तर कमिटिले पार्टीकै गतिविधिहरु गर्ने र अन्ययमा र ओझेलमा परेका कार्यकर्ताहरुलाई संगठित गर्ने माधव–झलनाथ पक्षको रणनीति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्