Logo
Logo

न्यायाधीश सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ आज


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालबारे संसदय सुनुवाइ समितिमा आज छलफल हुँदैछ ।

छलफलका लागि समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको समिति सदस्य पूर्णाकुमारी सुवेदीले जानकारी दिइन ।यसअघिको समितिको बैठकमा दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदीविरुद्ध ५ र चुडाल विरुद्ध २ वटा उजुरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्