Logo
Logo

२५ वर्षपछि पुरानै शैलीमा टेलिसिरियल ‘देवता’ (फिल्मसहित)


दृष्टि संवाददाता


काठमाडौं । एक समयको लोकप्रिय टिभी सिरियल हो, ‘देवता’ । उपन्यासकार स्व. प्रकाश कोविदको उपन्यासमा आधारित उक्त सिरियललाई टिभी दर्शकले रुचाएका थिए । यो सिरियलले २५ वर्ष पार गरिसक्दा पनि धेरैले बिर्सन सकेका छैनन् । फ्रि यही सिररियल पुरानै शैलीमा युटुबमा सार्वजनिक गरिएको छ ।
निर्देशक प्रताप सुब्बाद्वारा निर्देशित यो टिभी सिरियललाई १ बैशाखमा नयाँ वर्षको अवसर पारेर किम्भे प्रोडक्सनले युटुबमा सार्वजनिक गरेको हो ।
भारत सिक्किमको विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको यो टेलि सिरियलमा रजनी राना, विज्ञान जोशी, दिनेशसिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराई, ललित सुब्बा, बिशाल चाम्लिङ, रोशन सुब्बा, हग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्