Logo
Logo

कांग्रेस सभापति देउवाको प्रश्न- सरकार ढाल्ने बेला भएकै छैन किन हतार गर्ने ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन गर्ने वातावरण नै नबनेको बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार ढाल्ने बेला नभएको बताएका हुन् । तर, नयाँ सरकार बन्ने वातारण बन्ने वित्तिकै वर्तमान सरकार ढल्ने उनको भनाइ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने– ‘सरकार ढाल्ने नै हो । तर अझै सम्भावना सुनिश्चित भएको छैन । स्योरसट हुनासाथ सरकार ढाल्छौं । अहिले सरकार ढाल्ने बेलै भएको छैन किन हतार गर्ने ?’

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिनु र जनता समाजवादी पार्टी (जसपा) प्रस्ट नहुनुले थप कदम चाल्न नसकिएको देउवाको भनाइ रहेको छ । देउवाले भने– ‘मधेशवादी दलको पनि भर छैन । राजनीतिक सम्भावनाको खेल हो । सरकार ढल्ने सम्भावना छ तर अझै स्योरसट भाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्