Logo
Logo

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना


दृष्टि संवाददाता


काठमाडौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले आफूसहित परिवारका पाँच जनालाई संक्रमण देखिएको फेसबुकमार्फ जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘म लगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ ।’

कारोनाका लागेपछि सास्ती हुने रहेछ भन्दै श्रेष्ठले खेलाँची नगर्न समेत अनुरोध गरेका छन् ।

स्टास्टास उल्लेख छ– ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

प्रतिक्रिया दिनुहोस्