Logo
Logo

मास्क नलगाए १० रुपैयाँ जरिवाना


दृष्टि संवाददाता


काठमाडौं । यातायातका साधानमा यात्रुले अनिवार्य मास्क लगाउन सरकारले उर्दी जारी गरेको छ । मास्क नलगाए १० रुपैयाँ जरिवाना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय गरेको हो । मास्क नलगाए १० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

सरकारले गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्