Logo
Logo

सम्पतिभन्दा ठूलो माया हो-मौसमी कन्दङ्वा, मोडल


- दृष्टि न्युज/संवाददाता


मोडलिङ एउटा यस्तो क्षेत्र हो, जहाँ युवापुस्ताको रंगीन सपना फूलेको हुन्छ । मोडलिङबाट नाम कमाउने ढृड आकांक्षा बोकेर यहाँ दिनदिनै नयाँ–नयाँ प्रतिभा भित्रिरहेका हुन्छन् । यसै पंक्तिमा पर्छिन् मौसमी कन्दङवा लिम्बू पनि । मौसमीलाई मोडलिङले काठमाडौंसम्म डो¥याएको छ । तेह्रथुमको थोक्लुङमा जन्मिएर झापामा हुर्केकी मौसमी भन्छिन्, ‘मोडलिङमा रुचि नभएको भए सायद काठमाडौं आउँदिन थिएँ ।’ दुई वर्षअघि मोडलिङमा करिअर बनाउने सपनाको पल्लाभारी बोकेर काठमाडौं भित्रिएकी मौसमीले छोटो समयमै एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न भ्याइसकेकी छन् । नेपालीका अलावा विभिन्न लिम्बू भाषाका गीतहरुमा मोडलिङ गर्दै आएकी मौसमी पछिल्लो समय खगेन्द्र यक्सोको ‘सिँगौरी–२’ बोलको गीतमा देखिएकी थिइन् । मोडलिङलाई ‘करिअर’ बनाउने लक्ष्य लिएकी मौसमी गायनमा पनि रुचि राख्छिन् । यिनै मौसमी कन्दङवासँग एमपी सुब्बाको जम्काभेट :

मौसमी कन्दङ्वा, मोडल


यो मोडलिङ क्षेत्रमा कसरी आइपुग्नुभयो ?
रहरले यहाँ ल्याइपु¥यायो नि । सानैदेखि मोडलिङमा रुचि थियो । त्यो बेला ठूली भएपछि मोडल बन्छु भन्ने सोचेकी थिएँ । त्यही रहर पूरा गर्न अहिले मोडलिङ अँगालेकी छु ।
रहर र इच्छा हुँदैमा मोडलिङप्रतिको सपना पूरा हुन्छ त ?
हुन्न, त्यसका लागि अवसर पाउनुप¥यो । तर, म भाग्मानी रहेछु । रहर र इच्छाहरु मनमै लिएर बसिरहेकी थिएँ, त्यतिबेलै मलाई मोडलिङका लागि प्रस्ताव आयो ।
यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
दुई वर्ष भयो । मैले झापाबाटै मोडलिङ सुरु गरेकी हुँ । पहिलोपटक राजेन्द्र केरुङको लिम्बू भाषाको ‘फूङ इनो सेवा चोगिरो’ गीतमा मोडलिङ गर्ने अवसर पाएँ । त्यसपछि झनै मोडलिङप्रति मोह जाग्न थाल्यो । त्यसपछि काठमाडौं आएकी हुँ म ।
मोडलिङकै लागि काठमाडौं आउनुभएको हो ?
हो नि, सबै कुरा काठमाडौंमै छ । झापामा बसेर मोडलिङ गर्छु भनेर हुँदैन । अवसरहरु यही पाइन्छ । अर्को कुरा मलाई गायनमा पनि रुचि छ । अब चाँडै गीत पनि गाउँदैछु ।
तर, राम्रो फेमिलीका छोरा–छारीहरु मोडलिङमा लाग्दैनन् । यो क्षेत्र नै खराब छ भन्छन् नि ?
त्यो भनाइ मात्र हो । पहिले–पहिले सायद नराम्रो थियो कि, तर अहिले त खानदानी परिवारका छोराछोरीहरु पनि मोडलिङ र कलाकारितामा छन् । त्यो तपाइँ, हामी सबैले देखिरहेका छौँ । अर्को कुरा खराब र राम्रो हुनु भनेको आफूमा भर पर्ने हो । आफू सही बाटोमा हिँड्यो भने कुनै पनि क्षेत्र खराब छैन ।
पछिल्लो समय जो–कोही मोडल र कलाकार बन्न थाले । प्रतिस्पर्धा पनि बढ्यो । यहाँले मोडलिङमा कस्तो भविष्य देख्नुभएको छ ?
प्रतिस्पर्धा एकदमै छ । तर, प्रतिस्पर्धाले नै कुसल कलाकार जन्मिने हो । तर, मेरो कसैसँग प्रतिस्पर्धा छैन । प्रतिस्पर्धा गर्न आएकी पनि होइन । मेरो रुचि गायनमा पनि भएकाले मोडलिङमै मात्र निर्भर छुइनँ । दुवैलाई सँगै डो¥याउँदै जान्छु ।
दुई वर्षे आफ्नो मोडलिङ यात्राको अनुभन सुनाउनु न ?
मोडलिङ र गायनको रहर बोकेर तेह्रथुम, झापा हुँदै काठमाडौं आएकी हुँ । रहरले अँगालेको पेसा राम्रै लागिरहेको छ । अहिलेसम्म कुनै नराम्रो व्यवहार सहनु परेको छैन । रमाइलो लागिहरेको छ । म खुसी नै छु ।
भविष्यको कुरा गरौँ, घरजम गर्ने सोच बनाउनुभएको छ कि छैन ?
तत्कालै छैन । भर्खर त २२ वर्ष पुग्दैछु । यो उमेर भनेको करिअर बनाउने समय हो । त्यसैले त्यतातिर सोच नै गएको छैन ।
प्रेम प्रस्ताव कति आउँछ ?
धेरै आउँछ । तर, अहिलेसम्म कसैको प्रेम स्वीकारेकी छैन । मन पराउँछु, बिहे गरौँ भन्नेहरु धेरै छन् । तर, मलाई हतार छैन । विस्तारै समय आएपछि आफैँ हुन्छ ।
आमा–बुबाले लाहुरे ज्वाइँ खोजिदियो भने के गर्नुहुन्छ ?
लाहुरेसँग बिहे गर्दा जीवन राम्रो हुन्छ भन्ने छैन । सम्पतिभन्दा ठूलो माया हो । माया भए सम्पति त हातको मैलो हो । त्यसैले अहिले लाहुरे नै माग्न आएपनि बिहे गर्दिनँ ।

प्रतिक्रिया दिनुहोस्