Logo
Logo
उत्कर्षमा एमाले विवाद

माधव नेपालसहित २७ सांसदलाई कारवाही गर्ने एमालेको तयारी


दृष्टि संवाददाता


काठमाडौं । सरकार जोगाउन विश्वासको मत लिनुपर्ने अवस्था बन्दै गएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका २७ सांसदलाई कारवाही गर्ने तयारी गरेका छन् ।

पार्टीको हित विपरित गतिविधिमा संलग्न भएको भन्दै वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालसहित नेपाल समूहका सांसदलाई कारवाही गर्ने तयारी भएको बुझिएको छ ।

कारवाहीको पहिलो चरण स्वरुप ४८ घण्टे समय राखेर स्पष्टीकरण स्पष्टीकरण साेधिएकाे छ ।। स्पष्टीकरण चित्तबुझ्दो नआए निस्कासन गर्नसक्ने गर्न सकिने भन्दै धम्कीपूर्ण पत्र पठाइएकाे छ ।

स्पष्टीकरण सोध्न लागिएका सांसदहरु
स्पष्टीकरण साेधिएका सांसदहरुमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ रहेको छन् ।

त्यस्तै, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का र लक्ष्मीकुमारी चौधरीलाई पनि स्पष्टीकरण साेधिएको छ ।

त्यसैगरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाँक्रीलाई स्पष्टीकरण पत्र पठाइएकाे छ ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेका थिए ।

प्रतिनिधिसभामा पनि कर्णालीकै समस्या दोहोरिने त्रासमा ओलीले प्रतिनिधिसभा सदस्यलाई अगाडि नै स्पष्टीकरण सोधेर फ्लोर क्रस रोक्न खोजेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्