Logo
Logo

पूर्वराजा ज्ञानेन्द्र र पन्ती कोमललाई कोरोना


दृष्टि संवाददाता


काठमाडौं । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारलाई कोभिड–१९ पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रम उच्च रहेकाले स्वदेश फर्केपछि उनीहरुको कोरोना परिक्षण गरिएको थियो । परिक्षणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो । ज्ञानेन्द्र र कोमललाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ज्ञानेन्द्र र कोमलसहित भारत गएका मध्ये अन्य सदस्यलाई कारोना भएको या नभएको भन्नेबारे मन्त्रालयले केही जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्