Logo
Logo
२७ एमाले सांसदलाई स्पष्टीकरण

माधव समूहलाई ओलीको प्रश्न– अलग पार्टी गठन गर्नेलाई कारवाही किन नगर्ने ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल समूहलाई अलग पार्टीको गठन गरेको आरोपमा कारवाही प्रकृया थालेको छ । प्रतिनिधिसभाका २७ सांसदलाई सोधिएको स्पष्टीकरणमा अलग पार्टी गठन गरेकाले कारवाही किन नगर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारवाही प्रकृया अघि बढाएका हुन् ।

संघीय सांसदलाई पठाइएको स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै ‘किन कारवाही नगर्ने ? भन्दै प्रश्न गरिएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ– ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

सच्चिन अन्तिम मौका भएको भन्दै सोधिएको स्पष्टीकरणमा एमालेको पक्षमा आउने प्रमाण पेस गरेमा पुनर्विचार गर्न सकिने उल्लेख छ । २७ सांसदसहित अन्यलाई कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्