Logo
Logo

गुल्मीमा एकै १६ जनामा कोरोना संक्रमण


दृष्टि संवाददाता


गुल्मी । गुल्मीमा पुनः कोरोना संक्रमण फैलिन थालेको छ । तीन महिनामा शून्यमा झरेको गुल्मीमा चौबिस घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु जिल्लाका प्रायः सबै पालिकाहरुको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक दुरि कायम गर्ने, साबुनले हात धुने , बेसार पानी खाइ रहने र अनिवार्य माक्स लगाउन कार्यालयले सबैमा अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्