Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिंदै माओवादी केन्द्र


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयको तयारी भएको छ ।

 

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता सहित नयाँ सरकार गठनको प्रक्रियाबारे प्रष्ट धारणा तय गर्ने जानकारी दिए । उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे सैद्धान्तिक सहमति भइसकेको छ । अब औपचारिक रुपमा पत्र पठाउन मात्र बाँकी छ । आजको बैठकले यी लगायत नयाँ सत्ता समीकरणका बारेमा प्रष्ट पार्छ ।’

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्