Logo
Logo

माधव नेपालसहितका नेताले स्पष्टीकरण दिने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले आज स्पष्टीकरण बुझाउने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीले वरिष्ठ नेता नेपाल सहित २७ संघीय सांसद र पाँच जना कर्णाली प्रदेश सांसदहरुलाई दुईदिनभित्र स्पष्टीकरण दिन भनेको थियो ।

मंगलबार नै माधव–झलनाथ समूहका सांसद, केन्द्रीय नेताहरू बसेर स्पष्टीकरण बुझाउने र अन्तिमसम्म पार्टी एकताकै निम्ति संघर्ष गर्ने निचोड निकालेका थिए ।

नेता नेपाललाई पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ । नेता नेपालनिकट स्रोतले आजै स्पष्टीकरण पत्र बुझाउने तयारी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्