कांग्रेस पदाधिकारी बैठक जारी, नयाँ सरकार गठनबारे केही निर्णय होला ? « Drishti News – Nepalese News Portal
Logo

कांग्रेस पदाधिकारी बैठक जारी, नयाँ सरकार गठनबारे केही निर्णय होला ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ ।

नयाँ सत्ता समीकरण लगायत विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सकेको छैन ।

आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाले पनि सभापति देउवा सफल हुन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धका कारण देउवाले सरकारको विकल्प दिन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्