Logo
Logo

कुशल आइसिसीको विश्व टि-२० वरियतामा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि-२० वरियतामा पहिलो पटक परेका छन् ।

आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा ब्याटिङतर्फ कुशल ९३ औं स्थानमा छन् । कुशलको ३ सय ५९ रेटिङ अंक छ ।

त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत वैशाख ४ मा कुशलले नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रनको इनिङ खेलेका थिए । टि२० आई त्रिकोणात्मक सिरिजमा डेब्यू गर्दै लगातार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि कुशल आइसिसीको ब्याटिङको ९३ औं स्थानमा अटाएका छन् ।

कुशल मलेसियासँग ६१ रन बनाउँदा नेदरल्यान्ड्सँग दोस्रो खेलमा ६२ रन बनाएका थिए । कुशल टि२० आई करिअरको सुरुवाती तीन टि२० आई खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्