Logo
Logo

‘लभ स्टेशन’मा प्रदीप–जसिताको प्रेम वियोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं २२ फागुन । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र ‘लभ स्टेशन’ २२ आगामीमा देशव्यापी प्रदर्शनमा आउँदैछ । यस चलचित्रको एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरअनुसार चलचित्रमा प्रदीप र जसिताको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाशबीच विवाहको तयारी ट्रेलरमा देखाइएको छ । तर, विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ, त्यो बुझ्न भने फिल्ममै हेर्नुपर्नेछ ।
फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र अभिनेता प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको ट्रेलरमा देखाइएको छ । अभिनेता प्रदीप खड्काले अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएकोे बताएका छन् । आफु र जसिताले पनि यसपटक लभ स्टेशनमा त्यतिकै राम्रो काम गरेको यी अभिनेताले जिकिर गरेका छन् ।
यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो टिम पाएका कारण लभ स्टेशनमा आफुले खुलेर काम गर्न पाएको अुनभव सो कार्यक्रममा सुनाए । लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफुहरुले समकालिन पुस्ताका लागि फिल्म तयार गरेको बताए । प्रदीप र जसितासँग काम गर्दा यी दुई कलाकारले आफुलाई पूर्ण साथ निकै रमाईलोसँग सुटिङ सम्पन्न भएको बताए ।
बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेवलको चलचित्र लभ स्टेशन बनेको बताए । उनले यो फिल्म हिट हुने समेत दाबी गरे । चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिम्सले लभ स्टेशनलाई राम्रो बनाउन कुनै कम्प्रमाइज नगरेको बताए ।
यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्