Logo
Logo

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आज मनाईंदैछ । कोरोना महामारी फैलिएका कारण औपचारिक कार्यक्रमहरु भने भएका छैनन् । निरंकुश जहानियाँ राणा शासनकै बेला विक्रम संवत् २००६ साल बैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशी लगायतका नेताहरुको सक्रियतामा कम्युनिष्ट पार्टी स्थापना भएको हो । पुष्पलाल पार्टीका महासचिव बनेका थिए । तर २०७८ सालसम्म आइपुग्दा नेपालमा कम्युनिष्टको टुट–फुटको श्रृंखला लामै रह्यो ।

२०४६ सालको परिवर्तनपछि बल्ल कम्युनिष्टहरु शासन सत्तामा गए । मूलतः नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओबादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

२०७४ को आमचुनावमा यी दुई पार्टी एकीकरणसहित चुनावी मैदानमा होमिए । जसमा नेपाल कम्युनिस्ट पार्टीले करिव दुई तिहाई मत पाएको थियो । त्यही मतका आधारमा केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर एकीकरणको तीन वर्ष नपुग्दै पार्टीहरु पुरानै अवस्थामा पुगेका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्