Logo
Logo
राजनीति

माधवलाई भेटेपछि ओलीले प्रचण्डलाई किन गरे फोन ?


दृष्टि संवाददाता


काठमाडौं । राजनीतिमा जतिवेला जे पनि हुनसक्छ । राजनीतिक समीकरणमा कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा व्यस्त छन् । कारवाहीको पत्र काटेका एमाले अध्यक्ष समेत रहेका ओलीले बुधबार अकस्मात वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरे ।

नक्सालको मेरियट होटलमा भएको भेटवार्तामा के–के कुराकानी भयो भन्ने खुलेको छैन । नेपाली राजनीतिमा जतिवेला पनि समीकरण फेरिने इतिहास रहँदै आएको छ । वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरे लगतै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् ।

फोन वार्तामा के–के कुराकानी भयो भन्नेबारे दुबै पक्षले खुलाएका छैनन् । तर, दुबै अध्यक्ष निकटहरुका अनुसार सत्ता समीकरणमै फोनवार्ता केन्द्रित रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट गर्न चाहेको बुझिएको छ ।

अहिलेसम्म समर्थन फिर्ता नलिएको माओवादी केन्द्रले फिर्ता गरेको पत्र बुझाउने जिम्मेवारी प्रचण्डलाई नै दिएको छ । माधव नेपालसँगको भेट र प्रचण्डसँगको फोन वार्तालाई एउटै शिलशिलाका रुपमा लिइएको छ ।

प्रतिनिधिसभाको विघटनको सिफारिस पछि ओलीले प्रचण्डसँग यो सहित तीन पटक फोन गरेका थिए । पछिल्लो पटक सर्वदलीय बैठकमा बोलाउन फोन भएको थियो । तर, प्रचण्डले वालुवाटार नजाने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्