Logo
Logo

अध्यक्ष ओली पार्टीलाई एकतावद्ध गर्ने पक्षमा छैनन् -सुरेन्द्र पाण्डे


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । बुधबार अकस्मात नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भयो । लामो समयको संवादहिनता तोड्दै भएको भेटवार्ताले एमालेजनमा सकारात्मक संचार भयो । तर, भेटवार्ता भएको २४ घण्टा नबित्दै अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले माधव नेपाल समूहमा भने शंका उत्पन्न भएको छ ।

बिहीबार बिहान मदननगर बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्दै अध्यक्ष ओलीले ‘अर्कै पार्टी बनाउँदै हिँडेका छन्, तैपनि सम्झाउने प्रयास गर्दैछु’ भनेर माधव समूह लक्षित अभिव्यक्ति दिएका थिए । अध्यक्ष ओलीको उक्त अभिव्यक्ति पार्टीलाई एकतावद्ध गर्ने प्रकृतिको नरहेको नेता सुरेन्द्र पाण्डेले टिप्पणी गरेका छन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘अध्यक्ष र वरिष्ठ नेताबीचको संवादले आम नेता कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह भएको थियो । तर, बिहीबार बिहान अध्यक्ष ओलीले जे अभिव्यक्ति दिए, त्यो पार्टी एकतावद्ध गर्ने पक्षमा छैन ।’

अध्यक्ष ओली समस्या समाधान गर्नेभन्दा पनि बढाउनेतर्फ उन्मुख रहेको समेत नेता पाण्डेले आरोप लगाएका छन् । ‘समस्या समाधान गर्न छलफल चलिरहेको बेला आएका अभिव्यक्तिले पार्टीलाई एकतावद्ध गर्न सक्दैन’, नेता पाण्डेले भने ।

अध्यक्ष ओलीले विहान माधव समूहलाई पुरानै शैलीमा गाली गरेपनि दिउँसो भने हिजोकै स्थानमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्