Logo
Logo

मेरियटको उपल्लो तलाबाट ओली–नेपालको दृश्यावलोकन


दृष्टि संवाददाता


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता जारी छ । यसैबीच प्रधानमन्त्री ओलीको सचिवालयले एउटा उत्साहजनक तस्बिर सार्जजनिक गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सर्वजनिक गरेको तस्बिरमा भनिएको छ– ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’

वर्षापछि खुलेको उमंगमय काठमाडौं अवलोकन गरेका ओली–नेपालको वार्ताले एमालेजनमा कतिको उमंग थप्छ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्