Logo
Logo

धनगढी पुगेर गृहमन्त्रीले भने, ‘निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ’


- दृष्टि न्युज/संवाददाता


गृहमन्त्री रामबहादुर थापा बुधवार बिहान धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै । तस्वीरः रासस

धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।’
घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए । एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको बताए ।
उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इंगित गर्दै भने, ‘केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ ।’ उनले भने, ‘यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्