Logo
Logo

पशुपति क्षेत्रका मन्दिर आजबाट बन्द, आर्यघाटमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण तीव्र भएपछि पशुपति क्षेत्रका मन्दिर आज (शुक्रबार)बाट बन्द गरिएका छन् । पशुपति, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट फैलँदै गएपछि संक्रामक रोग ऐन, २०२० प्रयोग गर्दै स्वास्थ्य मापदण्ड जारी भएपछि कोषले मन्दिर बन्द गरेको हो । ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि मन्दिर बन्द रहने छ ।

यसबाट दर्शनार्थीमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोना बढ्दा नौ महिनासम्म मन्दिरहरु बन्द गरिएको थियो । २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो ।

विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो । पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्