Logo
Logo

निर्णय यथावत् रहने ओलीको जवाफ पाएपछि वामदेव गौतम वालुवाटारबाट फिर्ता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने भएका छन् । हिजो (बिहीबार) भएको डिनर मिटिङका क्रममा उपाध्यक्ष गौतमले फागुन २८ गतेको निर्णय फिर्ता हुनुपर्ने अडान राखेको उनको निजी सचिवालयले जनाएको छ ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार खाना खानेक्रम चल्दाचल्दै उनी बालुवाटारबाट बाहिरिएका थिए । गौतमले एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले पार्टी काममा फर्कन अनुरोध गरेपछि आफूले फागुन २८ गतेको अवैधानिक निर्णय फिर्ता गर्न अनुरोध गरेको तर निर्णय फिर्ता नहुने अडान राखेपछि फर्किएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मैले फागुन २८ गतेको अवैधानिक बैठकका निर्णय फिर्ता गर्न अनुरोध गरें । तर, उहाँ (अध्यक्ष ओली)ले निर्णय फिर्ता हुँदैन भनेपछि म तपाईसँग आउन सक्दिन भनेर जवाफ दिए । डिनर चल्दै गर्दा नमस्कार गरेर म विदा भएँ ।’

विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्