Logo
Logo

भयावह रुप लिँदै कोरोना, प्रधानमन्त्रीबाटै नियम उलंघन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । अहिलेकै अवस्थामा संक्रमण फैलने हो भने छिट्टै भयावह हुने अवस्था देखिन्छ । तर, सरकारी तयारी भने कमजोर छ ।

सरकारले संक्रमण नियन्त्रणका लागि अनेक निर्देशन जारी गरेको छ । तर, सरकार आफूले जारी गरेको निर्देशन आफै उलंघन गरिरहेको छ । सरकारले कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डअनुसार २५ जनाभन्दा बढि मानिस एकैठाउँमा भेला हुन नपाउने नियम लागु गरेको छ। तर, सरकारी पक्ष नै बैठक तथा सभा सम्मेलनमा व्यस्त छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैले नियम उलंघन गरिरहेका छन् ।

प्रधानमन्त्री ओली बिहीबार मात्र पार्टी कार्यालय शिलान्यास तथा अन्य कार्यक्रममा सहभागी भए । ति कार्यक्रममा सरकारले तोकेको संख्याभन्दा चार गुणा बढी मानिस जम्मा भएका थिए ।

आज प्रधानमन्त्री अध्यक्ष रहेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमै बसिरहेको छ । एमालेको महाविधेशन आयोजक कमिटी २ सय ६५ सदस्यीय छ ।

सरकारले विभिन्न जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको रुपमा किटान गर्दै शैक्षिक संस्थादेखि मानिसको भिडभाड हुने क्षेत्रहरु संचालनमा रोक लगाएको छ । तर, सरकारी तवरबाटै नियम उलंघन हुनाले कोरोना संक्रमण नियन्त्रण कठिन बन्दै गएको विज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्