Logo
Logo

५२ लाख अमेरिकी डलर घुस आरोप लागेका पूर्वराष्ट्रपति जमानतमा रिहा


- दृष्टि न्युज/संवाददाता


सियोल, २२ फागुन (योनहाप) । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् ।
सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उनले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए ।
सियोल उच्च अदालतले पूर्वराष्ट्रपति लीले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिनुभएको निवेदनलाई स्वीकृत गरेको थियो । अदालतको आदेशमा पूर्वराष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ । उनीमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ । पूर्वराष्ट्रपति लीले उक्त शर्तहरु स्वीकारेका छन् ।
लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने छ । उनले दैनिक कार्यहरुको सूचीसमेत बनाउनुपर्नेछ । पूर्वराष्ट्रपति लीमाथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पु¥याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्